सुन तस्करी काण्डमा १ पत्रकारसहित ३ पक्राउ
काठमाडौं । सुन तस्करी काण्डको अनुसन्धानका क्रममा एक जना पत्रकार पनि पक्राउ परेका छन् ।
सुन तस्करीको छानविन समितिले सूचना विभागको परिचयपत्र बोकेका १ जना पत्रकारसहित ३ पक्राउ गरेको हो ।
३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रहरीले असार १६ मा नागढुङ्गाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो ।
प्रतिकृया दिनुहोस