छविलाल पौडेल निर्दोष छन् : फुजेलबासी
काठमाडौं । गोरखा फुजेलका सचेत नागरिक तथा परिवारले छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।
फुजेलकै कृष्णप्रसाद अधिकारी हत्याका संलग्न रहेको आरोपमा कारागारमा रहेका पौडेल निर्दाेस रहेकाले तत्काल रिहा गर्न माग गरेका हुन् ।
फुजेलका एक दर्जन व्यक्तिले काठमाडौंमा पत्रकार सम्मेलन गरी अधिकारी हत्या काण्डमा निर्दाेस नागरिक मुछिएकाले रिहाई गर्न सरकारसमक्ष माग गरे ।
फुजेलका महाप्रसाद पौडेल, ठाकुर देवकोटा, पर्शुराम पौडेल लगायतले सो काण्डमा छविलाल पौडेलको कुनै संलग्नता नरहेको जिकिर गरे । उनीहरुले लामो समयसम्म गाउँको विकासमा सक्रिय पौडेललाई फसाउन खोजिएको आरोप लगाइयो ।
सो पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा ७८ वर्षीया छविलाल पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको र उनी उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा छविलाल पौडेलले गाउँकै श्री भैरव आश्रम उच्च माविमा ३६ वर्षसम्म निरन्तर पढाएको र २०५८ मा अवकार पाएपछि सोही स्कुलमा स्कुल व्यवस्थापन समितिको अध्यक्ष भएको उल्लेख गरिएको छ ।
अधिकारीको हत्या भएको ततकालीन माओवादीले स्वीकार गरेको र लामो समयदेखि समाज सेवामा लागेका ७८ वर्षीय पौडेललाई रिहा गर्नुपर्ने उनीहरुको तर्क छ ।
सो घटनालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारको भनाई छ ।
प्रतिकृया दिनुहोस