मनाङको खोलाले बगाउँदा २ जना बेपत्ता

Awa

लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका-४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका-३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको हो ।

गाउँमा बाटो निर्माण गरी फर्केका २ जनामध्ये चिप्लिएर लडेका शीतललाई बचाउने प्रयास गर्दा रमेश पनि खोलामा पुगे पछि दुवै लाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इन्सपेक्टर विनोद श्रेष्ठले घटना मंगलबारको भएपनि बुधबार मात्रै खबर पाएको र सम्भावित स्थानमा खोजीकार्य थालेको बताए ।

घटनास्थल फू गाउँबाट करीब २ घण्टा र मनाङको चामेबाट करीब २ दिन टाढा पर्छ । बेपत्ताको खोजीका लागि प्रहरी चौकी मेताको सवै टोली खटिएको उनले बताए । मेताको प्रहरी उक्त ठाउँ पुग्न ४ घण्टा लाग्ने प्रहरीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...