वर्षाका कारण भक्तपुर डुबानमा

Bhakta pur duban

काठमाडौं । वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ ।

बाढीका कारण मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेको छ । भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेको र जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ ।

प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग छ । पसल र व्यवसाय सबै बन्द भएका छन् । डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाई छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेको छ ।

मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । बाढीले घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्था रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...