खानेपानी संस्थानमा बेतिथि : ५० करोडको योजनामा २५ करोडको घोटाला !
काठमाडौं । ५० करोडको पाइप खरिद गर्दा २५ करोड घोटाला हुन्छ भनेर कसले पत्याउँछ र ? त्यस्तै भएको छ सरकारी निकाय नेपाल खानेपानी संस्थानमा । पाइप खरिद मै यति धेरै घोटाला भए अन्य कामका लागि कति घोटाला भयो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा २५ करोड त घोटाला नै भएको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिले अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिन गर्दा २५ करोड घोटाला भएको पाइएको हो ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरको निर्देशनमा गठन भएको सो समितिले गरेको अध्ययनका आधारमा कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको छ ।
सो समितिले बुटवल खानेपानी आयोजनाका लागि आवश्यक पाइप खरिदका लागि संस्थानले वल्र्डवाइड ट्रेडिङ कम्पनीलाई २३ करोड ८६ लाखमा ठेक्का दिएको थियो । कम्पनीले भन्सार मूल्यसहित १० करोड ३४ लाखमा पाइप ल्याएको हो ।
संस्थानले नै राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिद गर्त एक्जिम नेपाल कम्पनीसँग २५ करोड २० लाखमा पाइप खरिद गर्न सम्झौता गरेको थियो ।
सो कम्पनीले नेपालगन्ज भन्सार कार्यालयमार्फत १३ करोड ३४ लाखमा पाइप छ । यसरी दुई आयोजनामा गरी २५ करोड हिनामिना भएको छानबिन समितिको ठहर छ ।
प्रतिकृया दिनुहोस