बालागुरु शिवालयलाई १९किलोको मूर्ति दान

Shiv dev

इलाम । समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको १ मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेकोे छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले माइजोगमाई गाउँपालिका-१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गरेको हो ।

करीब १ लाख १० पर्ने मूर्ति उनले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गरेकोे छ । मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गरेका दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताए ।

खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...