सर्पको टोकाईबाट १ जनाको मृत्यु
लहान । मंगलबार साँझ सर्पको टोकाईबाट १ जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका-८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउको मृत्यु भएको छ । घरमै खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्पले टोकेको थियो ।
सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्रमा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लादैगर्दा बाटोमैे मृत्यु भएको उनका परिवारजनले बताएका छन् ।
प्रतिकृया दिनुहोस