चीनतर्फ लागे बरिष्ठ नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार चीन प्रस्तान गरेका छन् ।
सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुन बरिष्ठ नेता नेपाल चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन् ।
नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गए राति प्रस्थान गरेका हुन् । उनी असार ३१ मा नेपाल फर्किने छन् ।
प्रतिकृया दिनुहोस