ज्यानमारा बाढी : हप्ता दिनमै लग्यो ५० जनाको ज्यान

Badhi 27

काठमाडौं । केही दिनयता लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण ५० जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएका छन् ।

वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको हो । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो, डुबान र चट्याङ्बाट प्रभावितको उद्धार र राहत वितरणमा सेना, प्रहरी, स्थानीय प्रशासन संघसंस्था परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

क्षति भएका सडक पुल लगायत अत्यावश्यक सेवाहरुलाई वैकल्पिक उपाय अवलम्बन गरी यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवत्ता एवं सहसचिव रामकृष्ण सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...