चीनलाई दिने गैंडा काठमाडौं पठाइयो

Gaida

चितवन । चीनलाई उपहार दिन लागिएको एक सिंगे गैंडालाई चितवनबाट काठमाडौं पठाइएको ।

मित्रराष्ट्र चीनलाई उपहारस्वरुप दिन लागिएको दुई जोडी गैंडा मध्ये पहिलो चरणमा एक जोडी गैंडालाई चितवनबाट मंगलबार काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । ‘भद्र’ र ‘रुपसी’ नाम गरेका यि केटोहरुलाई बिहिबार चीन पठाईंदैछ ।

नेपाल सरकारले २०७३ साल असार २६ गते चीन सरकारलाई चितवन राष्ट्रिय निकुञ्जबाट २ जोडी एकसिङ्गे  गैंडा दिने निर्णय गरेको थियो। संरक्षण, प्राकृतिक प्रजनन्, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षाको प्रवद्र्धन गर्न उपहार स्वरुप गैंडा दिन लागिएको हो ।

चीन सरकारलाई उपहार स्वरुप पठाउन लागिएको गैंडालाई काठको खोरमा राखेर ट्रकमार्फत् काठमाडौं लगिएको र बुधवार आराम गराएर बिहिबार जहाजमार्फत चीन पठाउने तयारी रहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । एक जोडी गैंडाको साथमा नेपालबाट पशु चिकित्सक र गैंडाको रेखदेख गर्ने प्राविधिकसहित पाँच जना पनि चीन जाने कार्यक्रम रहेको छ ।

चितवनको सौराहाबाट चीन पठाउन लागिएको गैंडाहरुलाई बिदाई गर्न जिल्ला समन्वय समितिका सभापति, चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, रत्ननगर नगरपालिकाका जनप्रतिनिधी, पर्यटन व्यवसायी, संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यसअघि पनि २६ वटा एकसिङ्गे गैंडा उपहार स्वरुप भारत, अमेरिका, बेलायत, जापान, बंगलादेश, अष्ट्रिया, थाईल्याण्ड, बर्मा, पाकिस्तानलाई दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...