विमानस्थलमा सुन तस्कर विमल पोद्दारको भव्य महल

५० रोपनी जग्गाको भाडा मासिक ६० लाख रुपैयाँ मात्रै !

Bimal podhar

काठमाडौं । विमानस्थलको बाटो हुँदै सुन तस्करीमा लागेका व्यक्तिले नै विमानस्थलमा भवन बनाइरहेको सुन्दा जिव्रो नटोक्ने को होला र ? जसले विमानस्थलभित्रै ५० रोपनी जग्गा भाडामा लिएर भव्य महल बनाइरहेका छन् ।

सुन तस्करी तथा सनम शाक्य हत्यामा संलग्न मध्येका एक हुन् विमल पोद्दार । उनी असार ५ गतेदेखि नै जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् ।

तर तिनै व्यक्तिले विमानस्थल परिषरमा रहेको ५० रोपनी जग्गा भाडा लिएर भब्य महल बनाइरहेका छन् । जुन भवन निर्माण कार्य सम्पन्न हुने अन्तिम चतरणमा पुगेको छ ।

विमानस्थलको ५० रोपनी जग्गा भाडामा लिएवापत अन्तर्राष्ट्रिय विमानस्थलले मासिक ६० लाख र भाडाको १५ प्रतिशत पाउने समझदारी भएको छ । जुन निकै न्यूनतम भएको विमानस्थलमा अधिकारीहरु बताउँछन् ।

पोद्दार डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक समेत हुन् । जहाँ उनले व्यवसायी मल्होत्रासँग साझेदारी गरेका छन् । उनी भारतीय नागरिकसमेत हुन् ।

प्रहरीको अनुसन्धान टोलीले विमानस्थलको जग्गाको ठेक्काबारे समेत पोद्दारसँग सोधपुछ गरेको थियो । जसमा उनले विमानस्थल कार्यालयमा सेटिङ मिलाएर ठेक्का हात पारेको बताएका थिए ।

सो कम्पनीले बनाउँदै गरेको स्थानमा एकैसाथ ५ सयभन्दा धेरै कारको पार्किङ गर्न मिल्ने पार्किङस्थल पनि बनाइसकेको छ । पार्किङ शुल्कसमेत सोही कम्पनीले उठाउनेगरी सम्झौता गरिएको छ ।

सपिङ कम्प्लेक्स तथा एयरलाइन्सको कार्यालय रहने भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

संगठित रुपमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका व्यक्तिले विमानस्थलमा भवन बनाएपछि सुरक्षा खतरा झन् बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।
५० रोपनी जग्गा त्रिभुवन विमानस्थलले ६ वर्षअघि रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । २०५९ कात्तिक २ गते विमानस्थलले सो कम्पनीसँग सम्झौता गरेको थियो । पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्य मिलेर सो ठेक्का हात पारेका हुन् ।

तस्करी गिरोहसँग उनको संलग्नता खुलेपछि टोलीले उनी विरुद्ध पनि संगठित अपराध मुद्दा चलाउन मोरङ पठाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...