मनी ट्रान्सफर सञ्चालकको १७ लाख लुटेराको कब्जामा
महोत्तरी । जलेश्वरका बैंकबाट पैसा झिकेर फर्किदै गर्दा मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।
मंगलबार दिउँसो सरपल्लो बजारमा रहेको बैंकबाट पैसा झिकेर फर्किदै गर्दा अज्ञात समूहले सञ्जिव शाहको साथबाट १७ लाख २५ हजार रुपैयाँ रकम लुटेको हो ।
बैंकबाट रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीले जनाउको छ । लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।
प्रतिकृया दिनुहोस