डा. केसी स्वास्थ्य जटिल बन्दै गएको बेला नेकपाका नेता भन्छन्, माग हुबहुँ सम्बोधन हुँदैन

Dev gurnung

भक्तपुर । जुम्लामा अनसन बस्दै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै नाजुक बनिसकेको छ ।

चिकित्सकहरूले डा. केसीको रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै गएको र मुुटुको चालमा गडबडी देखिएको बताइरहेका छन् । यस्तो अवस्थामा जटिलता थपिँदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा हुने चिकित्सकहरुले बताइसकेका छन् ।

तर, सत्ता पक्ष भने डा. केसीको माग तत्काल पूरा गर्ने अवस्थामा देखिएको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले त्यही संकेत गरेका छन् ।

रफत सञ्चार क्लबमा मंगलबार भएको कार्यक्रममा गुरुङले गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नुपर्छ भन्ने भनाई गलत भएको स्प्रष्ट पारेका छन् । ‘डा. साबका केही माग जायज छन्, ती माग पूरा हुन्छन्’ गुरुङले भने, ‘केही मागहरु जायज भए पनि मागबारे केसीले भने जस्तो हुबहु सम्बोधन हुन सक्दैन, यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्छ ।’

चिकित्सा विधेयकको कुरा उठाएर जुम्लामा अनसनरत केसीको स्वास्थ्य उपचार गर्न काठमाडौं ल्याउन सरकार तत्पर रहे केसीले नै नमान्दा समस्या भएको उनको भनाई छ । ‘उहाँको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर छ’ उनले भने, ‘तर, उहाँले नै नमानेका कारण काठमाडौं ल्याउन समस्या आइरहेको छ ।’

जनताले विरोध गर्ने अधिकार मौलिक हक रहे पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनको जिकरि छ । ‘निश्चित स्थान तोक्दैमा सरकारलाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत हो’ उनले भने, ‘लोकतन्त्रअनुसार नै सरकारले नियर्ण गरेको छ, यसमा आपत्ति मान्नु पर्ने कुनै कारण नै छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...