कृषकलाई फलफूलका बिरुवा निःशुल्क वितरण

Biruwa

तेह्थुम । छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि ३ हजार कृषकलाई २२ हजार ६ सय भन्दाबढी बिरुवा वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७४/७५ को गाउँसभाबाट विनियोजित रकमले गाउँपालिकाले विभिन्न पकेट क्षेत्रको रुपमा तरकारी तथा फलफूलका बिरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

गाउँपालिकाको तमोरले छोएको सुख्खाग्रस्त क्षेत्रमा लिची, आँप र अनारका बिरुवा कृषकलाई निःशुल्क वितरण गरिएको हो ।

गाउँपालिकाको मध्यभागमा सुन्तला र कागतीका बिरुवा भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । माथिल्लो क्षेत्रमा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि काउली, बन्दागोभी, मुला, गाँजर र अकबरे खुर्सानीको बीउ वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...