उद्धारका लागि डुंगा सहयोग

Helping....

नवलपरासी । विपद्का बेला उद्धार कार्यलाई सहज बनाउन प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी बललाई सहयोग स्वरूप २ वटा डुंगा उपलब्ध गराएको छ ।

प्रदेश नं ५मा बाढीबाट सबैभन्दा बढी सुस्ताका बासिन्दा जोखिममा परेको खबर आएपछि सुरक्षाकर्मीलाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सशस्त्र प्रहरी बल विओपी सुस्ताका प्रमुख छविलाल कुँवरलाई संयुक्त रुपमा सो डुंगा हस्तान्तरण गरेको थियो ।

उनले पछि थप डुंगामा पनि उपलब्ध गराउने जानकारी दिँदै सुस्ता क्षेत्रका बासिन्दाको सुरक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...