महाकाली किनारमा मजदूर मृतावस्थामा फेला

Hatya

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भजेलास्थित महाकाली नदी किनारमा मंगलबार बिहान १ मजदूर मृतावस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका-३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् । घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिए । सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

टनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...