मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

Death

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाका छुटाछुटै ठाउँमा २ को मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ ।

सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे५ प६८०९ नंको मोटरसाइकलले ठक्कर लागेकोे थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैबीच बाह्रदशी गाउँपालिका-६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ ।बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को२९ प४४६९ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...