फेरि नारायणगढ–मुग्लिन सडकमा गयो पहिरो, यातायात अवरुद्ध
चितवन । लगातारको वर्षाका कारण गएको पहिरोले नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान ५ बजेतिर भरतपुर महानगरपालिका–२९ घुमाउनेमा ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन समय लाग्ने प्रहरीको भनाई छ ।
सो सडकखण्डको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । सो सडकखण्डको ठाउँठाउँमा पहरिो खस्दा बिहानैदेखि यातयता अवरुद्ध भएको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन् ।
यसअघि सोमबार साँढे ११ बजे सोही सडकखण्डको गाईघाटमा खसेको पहिरो झण्डै २ घण्टापछि पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको थियो ।
सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस