प्रतिनिधिसभाबाट संसदीय सुनुवाई समितिका १२ सदस्यको नाम स्वीकृत
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम स्विकृत भएको छ । प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूणार्कुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको नाम अनुमोदन भएको हो।
संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ। जसमा राष्ट्रिय सभाबाट ३ जना रहनेछन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो ।
संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १र१ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस