फुजेल काण्डमा अभियुक्त पौडेल कारागार चलान, अब के गर्लिन् गंगामायाले ?
काठमाडौं । फुजेल हत्या काण्डका अभियुक्त छविलाल पौडेल डिल्लीबजार कारागार चलान भएका छन् ।
पौडेलले आइतवार मात्रै सर्वोच्च अदालतमा हाजिर भएका थिए । अदालतमा हाजिर लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।
६८ वर्षका पौडेल आफैंले सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका थिए । लगत्तै उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।
लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् ।
गंगामायाको स्वास्थ्य अवस्था एकदमै कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् ।
कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । जिल्ला अदालतको निर्णयलाई पुनरावेदन अदालतले त्यसलाई सदर गरेको थियो । तर, सर्वोच्चले भने जिल्ला र पुनरावेदनको आदेशलाई बदर गरेको थियो ।
गंगामायाले आफ्नो छोराको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन सुरु गरेको झण्डै डेढ महिनापछि सो घटनामा संलग्न पौडेलले सर्वाेच्चमा आतम समर्पण गरे । योसँगै गंगामायाको अनसन तोडाउने प्रयास सुरु भएको छ ।
यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।
प्रतिकृया दिनुहोस