गुन्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेर सार्वजनिक गरिँदै
पोखरा । कास्कीका प्रहरीले १५ जना टोले गुण्डा पक्राउ गरेर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कास्कीले गुण्डागर्दी, हप्त असुली, धम्की, मिटर व्याजलगायतमा संलग्न टोले गुण्डाहरुलाई आज (आइतबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
कास्की प्रहरीले लमजुङ खोला सोंथर गाउँपालिका-१२ घर भइ पोखरा-१२, सिंगापुर टोलका ललितकुमार गुरुङ, स्याङ्जा रापाकोट घर भइ पोखरा-७, घारीपाटनका चन्द्र गुरुङ, पोखरा-९, नयाँबजारका सनिराज डंगोल, पोखरा-११ का सुमन श्रेष्ठ, स्याङ्जाको पुतलीबजार-५ घर भइ पोखरा-२७, तालचोकका पुनम गुरुङलाई सार्वजनिक गरेको हो ।
त्यस्तै स्याङ्जा बाडखोला ठूलाडिही-५, लुमछाक घर भइ पोखरा-१० कुँडहरका प्रकाश गुरुङ, म्याग्दीको अन्नपूर्ण-१, दोवा घर भइ पोखरा-११, फुलबारी बस्ने धनकुमार पुर्जा, पोखरा-३३, भरतपोखरीका महेश छोटा भनिने महेश अर्याल, पोखरा १७ विरौटाका सुजन लामा, पोखरा १४ काजीपोखरीका बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नविन गुरुङ, पोखरा ६ लेकसाइडका बिजय रानाभाट पोखरा २ अर्चलबोटका रोहित सुनार र पोखरा २ बागलुङ बसपार्कका बिकास गुरुङ पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । कास्की प्रहरीले ५५ दिनमा ७६ जना फरार अपराधी पक्राउ गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस