शिक्षक नेता अधिकारीको मुलघाटमा अन्त्यष्टि

Druba adhikari

धनकुटा । असमायिक निधन भएका नेपाल शिक्षक संघ धनकुटाका सदस्य धर्म अधिकारीको धनकुटाको मुलघाटस्थित तमोर नदीमा अन्त्यष्टी गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेतासमेत रहेका अधिकारीको ३४ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनी केही दिनदेखि ज्वरोबाट पीडित बनेका थिए । उनलाई बुधकारदेखि अत्याधिक ज्वरो आएपछि ३ दिन अघि मात्रै विराटनगरस्थित नोवेल हस्पिटल लगिएको थियो ।

अधिकारीको पार्थिव शरीरमा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ, सल्लाहकार गोपाल अधिकारी, पूर्व कार्यवहाक सभापति गोपाल पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु लेखनाथ पौडेल, विष्णु पौडेल लगायतले श्रद्धाञ्जली दिएका थिए ।

उनको पार्थिव शरीरमा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, नेपाल शिक्षक संघका १ नं. प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, अर्थ महासचिव रामकुमारी भण्डारी, धनकुटाका पूर्व अध्यक्षहरु इश्वरीप्रसाद अधिकारी, महानन्द पोखरेल लगायतले नेपाल शिक्षक संघको झण्डा ओढाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...