भानु साहित्यिक प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तलीलाई सम्मान

Dhurmus

काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ ।

यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित १ लाख १ हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस-सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैगरी कृष्ण-पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित २५ हजार राशिको ‘धनमाया-देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार’ ‘नागरिक’ दैनिकका क्षेत्रीय सम्पादक राजु अधिकारीलाई, हेमराज-मेदनी खरेल प्रतिष्ठानबाट प्रदान गरिने २५ हजार राशिको ‘साहित्यिक पुरस्कार’ प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई र १५ हजार राशिको ‘भानु प्रतिभा पुरस्कार’ जेठा मुर्मुलाई प्रदान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...