न्यायिक समिति राप्तीमा २२ विवाद दर्ता

Nayayik

दाङ । राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् ।

गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता गरेका विवादमध्ये ८ विवाद मेलमिलापद्वारा समाधान गरिएको, २ विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र ३ वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ ।

अन्य विवाद छलफलका क्रममा छन् । समितिमा जग्गा विवाद, लेनदेन, घरझगडा, कुलो विवादलगायत विवाद आउने गरेका छन् । समाधानका क्रममा विवादित पक्ष समयमा नआउँदा पनि समःया हुने गरेको समितिका संयोजक चौधरीले बताए । उनका अनुसार समितिले १३ प्रकारका विवाद निरुपण गर्ने र ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमबाट गर्ने गरिएको छ ।

यसैबीच गाउँपालिकाको तेस्रो गाउँसभाको बैठकबाट गाउँपालिकाको न्यायिक समितिको कार्य्विधिसम्बन्धी विधेयक २०७५ सर्वसम्मत स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै न्याय सम्पादनमा थप सजिलो भएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...