असार २८ मा ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

Rupsi

चितवन । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ ।

यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका १ प्राविधिक र ३ सहयोगीसहित गैँडा पठाउन लागिएको हो ।

गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ ।

गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँ आइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...