धार्मिक पर्यटकीय क्षेत्रमा सौर्यबत्ती जडान

Solar

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ ।

सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

‘बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ’, अध्यक्ष ऐरले भने ।

पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्ती खेप्दै आएका छन् ।

चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामुदायिक वनको ८ लाखको लगानीमा मन्दिरबाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन ।

प्राचीनकालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो ।

यसैगरी वडाका १० स्थानमा समेत सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थान, सडक चौराह र विद्यालय नजिकका स्थानमा सौर्यबत्ती जडानको कार्य भइरहेको अध्यक्ष ऐरको भनाइ रहेको छ ।

सौर्यबत्ती जडानका लागि वडाको ५ लाख र ५ लाख अनुदान गरी रु १० लाखको बजेट परिचालन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...