‘नेपाल एक्वेरीयमका’ नाममा एक्वेरीयम हाउस सञ्चालनमा

Yekwerium

चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ ।

वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी ‘नेपाल एक्वेरीयमका’ नाममा एक्वेरीयम हाउस सञ्चालनमा ल्याएको हो ।

उनका अनुसार विभिन्न रंग र प्रजातिका माछा, माछाको दाना, औषधि, एक्वेरीयम र सजावटका सामान त्यहाँबाट बिक्री वितरण थालिएको छ । डिजिटल एक्वेरीयम चीन र थाइल्याण्डबाट एवं सामान्य खालको एक्वेरीयम यहीँ निर्माण गरिने उनले बताए । माछा भारतको कोलकत्ता र थाइल्याण्डबाट ल्याइएको उनले जानकारी दिए ।

नेपालमा हाल सञ्चालनमा रहेका एक्वेरीयम हाउसभन्दा उच्च किसिमको र तुलनात्मक हिसाबले सस्तोमा सामग्री वितरण थालिएको आलमको दाबी छ ।

उनका अनुसार १० हजारदेखि २ लाखसम्मका एक्वेरीयम बिक्रीका लागि राखिएको छ । एक्वेरीयम हाउसको शनिबार युवा नेता कैलाश कोइरालाले उद्घाटन गर्यो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...