सभामुख महराद्धारा मुस्ताङ दुर्घटनाप्रति शोक व्यक्त

Mahara

काठमाडौं । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आज एक शोक वक्तव्य जारी गरी उनले उक्त दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक-एक जना गरी २० जना मजदुरको दुःखद् निधन भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेको हो ।

दुर्घटनामा परी निधन भएका मजदुरप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभामुख महराले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गरेको छ ।

उनले दुर्घटनामा निधन भएका मजदुरको शव घरसम्म पुयाउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...