सोल्टी होटलमा जन्म दिन : को–को गए पूर्वराजाको जन्म दिन मनाउन ?
नेपालगन्ज । अरु बेला काठमाडौंमा जन्म दिन मनाउने पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७२औं जन्म दिन नेपालगञ्जमा निक्कै तामझामका साथ मनाएका छन् ।
बुधबार पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी नातिनातिनासमेत स–परिवार विमानबाट नेपालगन्जमै पुगेर जन्म दिन मनाए । छोरा पारस भने गाडीबाट आएका थिए ।
उनको जन्म दिनको शुभकामना दिन बिहान १० बजेदेखि दिउँसो साँढे १ बजेसम्म शुभेच्छुकहरुका लागि समय मिलाइएको थियो । उनलाई शुभकामना दिन साँढे तीन घण्टा कारकाँदोस्थित चार तारे होटल सोल्टीमा शुभेच्छुकको भीड लागेको थियो ।
शुभेच्छुकसँग भेट्नुअघि उनी बिहान ८ बजे बागेश्वरी मन्दिरमा पूजा गरेका थिए । झन्डै आधा घण्टा उनको पूजा चलेको थियो । बागेश्वरी पुगेका शाहलाई भेट्न मन्दिर परिसरमै शुभेच्छुकको ओइरो लागेको थियो ।
कोको गए शुभकामना दिन ?
शाहको जन्म दिन मनाउन नेपालगन्ज–२ का भुवनकृष्ण श्रेष्ठको संयोजकत्वमा नागरिक मूल समारोह समिति र विभिन्न उपसमितिहरु नै गठन गरिएको थियो । सोही समितिले पूर्वराजाको जन्म दिनमा केके गर्ने भनेर व्यवस्था मिलाएको थियो ।
शुभकामना दिन पूर्वमन्त्री जगत गौचन लगायतका दरबारका निकटका व्यक्तिहरुको टोली काठमाडौंबाट नेपालगन्ज आएको थियो । अघिल्ला वर्षहरुमा जस्तै काठमाडौ.मा शुभकामना दिने राजावादीहरुको भीड नेपालगञ्जमा लागेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले पनि पूर्वराजा ज्ञानेन्द्रलाई बधाई तथा शुभकामना दिए । ज्ञानेन्द्र शाहलाई शुभकामना बाँके र आसपासका जिल्लाबाट सयौं नागरिकहरु होटल सोल्टीमा जम्मा भए ।
राप्रपा, राप्रपा (प्रजातान्त्रिक), एराप्रपा (राष्ट्रवादी) लगायत अन्य विभिन्न राजनीतिक दलका नेता , कार्यकर्तासहित सरकारी कर्मचारीहरु लाइनवद्ध भएर पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस