२० करोडको लागतमा चन्द्रनहर मर्र्मत एवं निर्माण
सप्तरी । गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ ।
२० करोडको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । नेपालको सबैभन्दा पुरानो नहरको मर्मत कार्य सम्पन्न भएपछि किसानलाई खेतीका लागि पानी उपलब्ध गराइएको छ ।
सो नहरबाट सिचाई भएपछि धान रोपाइँ शुरु भएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा क्षतिग्रस्त चन्द्रनहरसहित पम्प नहर प्रणाली तथा वितरण नहर प्रणाली समेतको मर्मत तथा भौतिक पूर्वाधारको निर्माण गरिएको प्रमुख प्रशुन मिश्रले जानकारी दिए ।
गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसकारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको, लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।
तोडफोड र क्षतिग्रस्तका कारण किसानलाई खेतीका लागि पानी समेत उपलब्ध गराउन नसक्दा किसान चिन्तित हुनुका साथै तत्काल मर्मत गर्न पटक - पटक आग्रह गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस