पहाडको पालुङका आलु तराईमा लोकप्रिय हुँदै

Potato

वीरगञ्ज । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ ।

आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका ५ टन आलु आउने गरेको जनाएको छ ।

भारतीय आलु भन्दा पालुङको नयाँ आलु खानामा स्वादिलो तथा मिठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीना बजारस्थित आलुका थोकव्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए ।

यहाँ करीब १५ जना थोक व्यापारी छन् । तिनीहरु पालुङका आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुका माग बढ्दै गएपछि यतिखेर सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले टागामा लोड गरेर दैनिक १ टन आलु लाने गरेका छन् ।

अहिले पालुङको आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...