माइतीघरमा ओलीको नाममा फुटाइयो बेलुन

Kc pradarsan

काठमाडौं । जुम्लामा आमरण डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा बेलुन बनाएर फुटाएका छन् ।

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै सो बेलुनलाई सियोले घोचेर फुटाउँदै विरोध जनाएका हुन् ।

उनीहरुले चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै माइतीघरमा प्रदर्शनसमेत गरे । सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरे पनि घोषणा फिर्ताको मागसहित प्रदर्शन गर्दै ओलीको नाममा बनाइएको बेलुन फुटाए ।

उनीहरुले ८ दिनदेखि अनसनरत डा. केसीका माग पुरा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सो प्रदर्शनको आयोजना सोलिडारिटी फर डा केसी अलायन्सले गरेको हो ।

माइतीघरमा सहभागी भएका केसीका समर्थकले प्रदर्शन गर्दै बानेश्वरसम्म र्‍याली आयोजना गरे । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो कोणसभामा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली ‘माफिया’को प्रवक्ता बनेको आरोप लगाए । उनले माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएर ‘माफिया’ चक्करमा लागेको आरोप लगाए ।

मानवअधिकारकर्मी चरण प्रसाई लगायतले डा. केसीको जीवन रक्षाको अपिल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...