पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्जमा, दीप प्रज्वलन काठमाडौंमा

Aaaaaaaa

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७२औं जन्मोत्सव नेपालगञ्जमा मनाउँदै छन् ।

सोल्टी होटलमा आफ्ना शुभचिन्तकसँग बसेर आफ्नो जन्म दिन मनाउन लागेका छन् । उनले बिहान ११ बजेदेखि सर्वसाधारणलाई भेट दिने कार्यक्रम तय भएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको जन्म दिनको पूर्वसन्ध्यामा राजधानीमा मैन बत्ति बालिएको छ । शुक्रबार साँझ एराप्रपा (राष्ट्रवादी) को आव्ह्वानमा घरघरमा ५ वटा बत्ति बालिएको छ ।

राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रवादीले पूर्वराजा नभएर श्री ५ नै भएको जिकिर गर्दै राजधानीमा ५ वटा बत्ति बालेको हो । उसले राजसंस्थाप्रति ऐक्यबद्धता जनाउन, आ–आफ्नो घरमा ५ वटा बत्ति बाली दिपावली गर्न अपिल नै जारी गरेको थियो ।

नेपालमा राजसंस्थाको अनत्य भएसँगै सबै नागरिकले ज्ञानेन्द्रलाई पूर्व राजा भन्ने गरेका छन् । तर एराप्रपा (राष्ट्रवादी) ले चाँही पूर्व श्री ५ ज्ञानेन्दै भन्दै आएको छ । एराप्रपा (राष्ट्रवादी) ले आफ्नो संगठन भएका सबै जिल्लाहरुमा एकैसाथ ५ वटा बत्ति बालिएको सहप्रवक्ता जनकराज पाठकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...