मुस्ताङमा मृतकको संख्या १९ पुग्यो, १७ घाइतेलाई हेलिकोप्टरमा ल्याइयो पोखरा
पोखरा । मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या बढेर १९ पुगेको छ ।
मृतकको संख्या १९ पुगेको र १२ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । घाइतेलाई एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टरले जोमसोम हुँदै पोखरा ल्याएको छ ।
जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।
शुक्रबार बा २ ख २२ १९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको हो । दुर्घटनाग्रःत टिपरमा ३१ मजदुर सवार थिए ।
मृतकको सनाखत हुन सकेको छैन । घटनास्थल जोमसोमदेखि ५ घण्टा टाढा पर्छ
प्रतिकृया दिनुहोस