४ नं. प्रदेशको नाम ‘गण्डकी’, विजय उत्सव शुरु
पोखरा । अन्ततः ४ नम्बर प्रदेशको नाम ‘गण्डकी’ घोषणा गरिएको छ । प्रदेश नं. ४ मा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा मतदान गरेपछि प्रदशे नं. ४ को नाम ‘गण्डकी’ घोषणा गरिएको हो ।
यद्यपि पोखरामा रहेका गुरुङ, मगर लगायतका आदिवासी समुदायले यसको विरोध गरेका छन् । उनीहरुले यस प्रदेशको नाम तमुवान–मगरात राख्न माग गर्दै आएका छन् ।
उनीहरुले प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेशको लागि पहल गरेको आरोपमा उनलाई सामाजिक बहिष्कार गर्ने घोषणासमेत गरेका छन् ।
विजय उत्सव मनाइयो
संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे । कुल ६० जना सदस्य मध्ये दीपक मनाङे भने अहिलेसम्म संसदमा देखा परेका छैनन् ।
आफ्नो प्रदेशको नाम ‘गण्डकी’ भएसँगै विजय उत्सव मनाइएको छ । प्रदेश नम्बर ४ को नाम सर्वसम्मत गण्डकी राख्न सफल भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले को विजयोत्सव मनाउन र दीप प्रज्जवलन गर्न आहृवान नै गरेको छ ।
नेकपा प्रदेश नम्बर ४ का स्थानीय पार्टी कमिटीहरुको एकता कार्यदल प्रमुख किरण गुरुङले विज्ञप्ति निकालेर आफ्ना पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन तथा जनसमुदायलाई विजय उत्सव मनाउन आहृवान गरेका छन् ।
प्रतिकृया दिनुहोस