मुस्ताङको स्याङबोचेमा भयानक दुर्घटना, १६ मजदुरको मृत्यु

Tipper accident mustang 22

पोखरा । मुस्ताङको स्याङ्बोचेमा ट्रक दुर्घटना हुँदा १६ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । दिउँसो पौने १ बजे भएको यो दुर्घटनामा हेलिकोप्टर कुर्दाकुर्दै ५ मजदुरले ज्यान गुमाएका छन् ।

सडक निर्माण गर्ने मजदुर चढेको बा२क २२१९ नम्बरको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो ।

चीनसँगको कोरला नाका जोड्ने कालिगण्डकी कोरिडोरमा काम गर्ने मजदुरहरु खाना खाएर निर्माणस्थलमा जाने क्रममा नयाँबाटोबाट खसेको टिप्पर पुरानो बाटो भन्दा मुनि झरेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ ।

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा ४ महिला र १२ जना पुरुषको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा रुकुम, रोल्पा र बागलुङतिरका मजदुरहरु परेका छन् । कोरला नाका जोड्ने यो सडक निर्माणको जिम्मा बिरुवा कन्ट्रक्सनले लिएको थियो । दुर्घटनाको कारण महिलेसम्म खुलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...