पत्रकार केसी नगरपालिकाद्धारा सम्मानित
रुपन्देही । रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकाले पत्रकार नरेश केसीलाई सम्मान गरेको छ । रुपन्देही जिल्लामा नगद राशीका हिसाबले सबैभन्दा ठूलो पुरस्कार मानिएको सो पुरस्कार केसीले सोमबार पाएका हुन् ।
नगरपालिकको तेस्रो नगरसभामा पत्रकार केसीलाई सिद्धार्थनगरको समग्र विकासका लागि पत्रकारिताको माध्ययमबाट उल्लेखनीय योगदान दिएको भन्दै नगद ५० हजारसहित सम्मान गरेको हो ।
केसीलाई नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले सहितले नगद, प्रमाणपत्र र माला लगाई सम्मान गरेका थिए ।
उनी भैरहवाबाट हिमालय टि.भी, राष्ट्रिय दैनिक लुम्बिनी र नेपाल समयमा कार्यरत छन् । उनी ९ वर्षदेखि रुपन्देहीमा बसेर पत्रकारितामा क्रियाशील रहँदै आएका छन् ।
प्रतिकृया दिनुहोस