चीन र म्यानमार भ्रमणका लागि प्रधानसेनापति म्यानमार प्रस्थान

Rajendra xatri menmara

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्रहरु चीन तथा म्यानमारको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी म्यानमारको चार दिने भ्रमण पुरा गरी असार २४ गतेबाट गणतन्त्र चीन भ्रमण गर्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका थिए ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्री म्यानमारमा रहँदा म्यानमारका राष्ट्रपति, स्टेट काउन्सिलर, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनी चीनमा रहँदा चिनिया रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ। प्रधानसेनापति क्षत्री असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...