जुम्लाका चिकित्सकले निकाले अर्धनग्न जुलुस
जुम्ला । अनसनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लामा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । चिकित्सक र डा. केसीका शुभचिन्तकले केसीको माग सम्बोधनका लागि राज्यलाई दबाबस्वरुप शरीरमा साङ्लो तथा मुखमा कालोपट्टी बाँधेर नाङ्गो जुलुस प्रदर्शन गरेका हुन् ।
केसी अनसनरत स्थानबाट सुरु गरिएको नाङ्गो जुलुस स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानसम्म पुगेको थियो । डा. केसी चार दिनदेखि जुम्लामा आमरण अनशनरत छन् ।
आन्दोलनले उग्ररुप लिन सक्ने भन्दै जुम्लामा ब्यापक प्रहरी परिचालन गरिएको छ ।
यस्तै केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उपचारमा खटिएको चिकित्सक टोली पनि फिर्ता भएको छ ।
केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पटकपटक माग गरे पनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकको टोली फर्किएको हो ।
प्रतिकृया दिनुहोस