मिडिया समावेशी बन्नुपर्नेमा विज्ञहरुको जोड

Fnj 19

काठमाडौं । नेपाली मिडिया पूर्ण समावेशीकरण नभएसम्म सीमान्तकृत वर्ग र समुदायको आवाज उठ्न नसक्ने सञ्चार विज्ञहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघको, समावेशी समितिले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सहभागी सञ्चार विज्ञहरुले सीमान्तकृत समुदायलाई मुल प्रवाहका ल्याउन पनि सञ्चारमाध्यम पूर्ण समावेशी बन्नुपर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउस, न्युज रुम र राज्यले बनाएका सबै तह र तप्का समावेशी बन्नुपर्ने बताए ।

अध्यक्ष आचार्यले मिडियामा पूर्ण समावेशीकरण भई नसकेकाले पूर्ण समावेशीकरण बनाउनुपर्ने र त्यसका लागि महासंघले पहल गरिरहेको जानकारी दिए । महासंघ आफैं पनि पूर्ण समावेशी बन्ने प्रयासमा रहेको उनको धारणा थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा समावेशी समितिका संयोजक दिलिप थापामगरको अध्यक्षमा सम्पन्न भएको सो कार्यक्रममा खिम घले र शुवेन्छा बिन्दु तुलाधरले मिडियामा समावेशीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फोनिजका अध्यक्ष दण्ड गुरुङ, नेपाल प्रेस युनियनका उपाध्यक्ष विजय सन्तोषी राई, मधेश पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सञ्चारिका समुहकी उपाध्यक्ष नितु पण्डित, नेपाल पत्रकार महासंघका सचिव शितल महतो लगायतले मिडियामा समावेशीकरणको प्रारम्भ भएकाले पूर्ण समावेशीकरणका लागि सबैले अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...