महंगीविरुद्ध बालुवाटारमा नेविसंघको धर्ना
काठमाडौं । नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमो महँगी भएको भन्दै विरोध गरेको छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान १ घण्टा महँगीको विरोधस्वरुप बालुवाटारमा धर्ना दिएको हो ।
नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता, विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको र मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे ।
‘मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,’ उनले भने ।
प्रतिकृया दिनुहोस