आकाशे पानी आयो !
गौशाला । ३ दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लामा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।
आकाशे पानीको भरमा धानखेती हुने गरेको यस क्षेत्रमा यसअघि लामो समयदेखि पानी नपरेका कारण रोपाइँ शुरु हुन सकेको थिएन तर २÷३ दिनयता पानी परेकाले किसानले धमाधम धान रोप्न थालेका हुन् ।
जिल्लाको कूल धानखेती ४५ हजार हेक्टर जग्गामध्ये २३ हजार हेक्टर जग्गामा मात्रै रोपाइँ भएको थियो भने बाँकी रहेको खेतमा पनि धान रोप्नमा किसान व्यस्त छन् । जिल्लाका कृषि प्रमुख ओम प्रकाश विराजीका अनुसार महोत्तरीमा साउन १५ गतेसम्ममा रोपाइँ भइसक्नेछ ।
प्रतिकृया दिनुहोस