सडकबाट पहिरो नहटाउँदा आवतजावत गर्न कठिन

Pagira

पाल्पा । वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो १ महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।

जुवापौवादेखि नेपानेसम्मको सडकमा ५÷७ स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब २ घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।

‘जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,’ सोमबहादुर रायमाझी भने,– ‘बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध(–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।’ उक्त गाउँपालिका वडा नं६ मा ३ हजार ४४०, वडा नं ७ मा २ हजार ४३ र वडा नं ८ मा ३ हजार १६५ जनसंख्या छ ।


गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...