जोशीलाई प्रश्नैप्रश्न बिचौलीयासंग हिमचिम किन ?, राजस्वको मुद्दामा सरकार किन पराजित हुन्छ ?

Joshi 4

काठमाडौं । संसदीय सुनुवाईका क्रममा सांसदहरुले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजस्वका मुद्दाहरुमा सरकार किन पराजित हुन्छ भन्ने प्रश्न गरेका छन् ।

राजस्व छलिका मुद्दाहरुमा व्यावसायीले रिट लिएर सर्वोच्च पुग्ने र सर्वोच्च अदालतले व्यावसायीका पक्षमा फैसला गर्ने गरेको चर्चा हुने गरेको छ । प्रधानन्यायाधीशका लागि संबैधानिक परिषदबाट सिफारिस गरिएका जोशीलाई सांसदहरुले सुनुवाईका क्रममा सरकार सधै किन पराजित हुन्छ भन्ने प्रश्न गरेका हुन् ।

त्यसैगरी उनलाई न्यायाधीश भएर पनि बिचौलीयासंग हिमचिम किन बढाएको भन्ने पनि प्रश्न गरेका छन् । न्यायालयमा बिचौलीयाले व्यापक चलखेल गर्ने गरेको समाचारहरु आउने गर्दछन् । बिचौलीयाले न्यायाधीशहरुलाई प्रभावित बनाएर न्यायको किनबेच हुने गरेको कुरा लामोसमयदेखि गुनासोको रुपमा आइरहने विषय हो ।

सुनुवाईका क्रममा सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको, शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको, ऐनसेललाई राजस्व छुट दिएको, क्यासिनोको बारेमा विवादस्पद फैसला गरेको र जथाभावी आन्तरिक आदेश दिएको विषयमा सांसदहरुले प्रश्न उठाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...