बालक अपहरण गरी हत्या गरेको अभियोगमा ३ जनामाथि मुद्दा दायर

Untitled

वीरगञ्ज । करीब २ महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा १ महिलासहित ३ जना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका ९ वर्षीय छोरा अंकित साहलाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो ।

अपहरणकारीहरुले अंकितलाई जेठ २२ गते साँझ मोटरसाइकलमा राखेर अपहरण गरी लगेर पटक पटक गरी ६४ लाख ५० हजार फिरौती रकम लिएर केही दिनपछि हत्या अनुसन्धानमा खुल्न आएको छ । बालकको शव साउन ३ गते पर्साको जगरनाथपुरको गण्डक नहर छेउमा सडेको अवस्थामा फेला परेको थियो । सो घटनामा संलग्न अन्यको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...