निगमको दोस्रो वाइडबडी विमान (मकालु) आइपुग्यो

Nacairbusmakalu 1

काठमाडौं । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब ९ घण्टाको उडानपछि अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसकार, क्याप्टेन श्रवण रिजालसहितको टोली विमानमा आएको हो ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...