फरार अभियुक्त ३ वर्षपछि पक्राउ

Arrest

भक्तपुर । हत्याको अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ ।

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...