भदौ १ बाट मुलुकी ऐन प्रतिस्थापन हुँदै, पाँच ऐन आउने
काठमाडौं । सरकारले मुलुकी ऐन प्रतिस्थापन गर्न आगामी भाद्र एक गतेदेखि पाँच वटा ऐन एकैसाथ लागू गर्ने भएको छ । सर्वोच्च अदालतले आगामी भाद्र १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन गर्दै मुलुकी देवानी ऐन, मुलुकी देवानी कार्यविधि ऐन, मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन र फौजदारी कसुर ऐन एकैसाथ लागू गर्ने जानकारी गराएको हो ।
सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ५ वटै ऐन लागू गराउन आवश्यक तयारीको कामलाई पनि अन्तिम चरणमा पु-याइएको जानकारी दिए । उनले पत्रकार सम्मेलन गरी ऐनहरुलाई लागु गराउन आवश्यक तयारीका लागि न्यायाधीशहरुकै नेतृत्वमा ३ वटा छुट्टाछुट्टै समिति गठन गरिएको पनि स्पष्ट पारे ।
यसैबीच, सर्वोच्च अदालतले लक्ष्य अनुसार मुद्दा फस्र्यौट नगरेको पनि खुलासा भएको छ। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/७५ को समीक्षा प्रतिवेदनमा लक्ष्य अनुसार मुद्दा फस्र्यौट गर्न नसकिएको स्विकार गरिएको हो । निर्धारण गरिएको लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फस्र्यौट गरिएको सर्वोच्च अदालतका रजिष्ट्रार उपाध्यायले जानकारी दिए ।
प्रतिकृया दिनुहोस