सुन तस्करीको अनौठो विधि : मलद्वारदेखि जिब्रोसम्म प्रयोग
काठमाडौं । सरकारले सुन चोरी नियन्त्रण गर्न जतिसुकै प्रयास गरेको भए पनि असफल बन्दै गएको छ ।
प्रहरी र त्रिभुवन विमानस्थल भन्सारको सेटिङमा सुन छिराउन असम्भव भएपछि अहिले तस्करीमा संलग्न नयाँ नयाँ विधि प्रयोग गर्न थालेपछि त झन प्रहरी सुन तस्करी नियन्त्रणमा निकम्मा बन्न थालेको छ ।
विशेष गरी भारतीय नागरिकले जोखिम मोलेर सुन नेपाल ल्याउने गर्छन् । प्रहरीका आँखा छल्न उनीहरुले सुन निल्नेदेखि जिब्रोमा सम्म लुकाउने कोशिस गरेका छन् । यतिसम्मकी पवित्र धातु मानिने सुनलाई मलद्वारमा लुकाएर ल्याउने पनि भेटिएको छ ।
भारतको नयाँ दिल्ली घर भएका इमरान र उत्तर प्रदेश घर भएका २१ वर्षीय अरिफ अलीलाई गत सोमबार प्रहरीले विमानस्थलको आगमन कक्षबाट पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर जाँच गर्दा दुवै जनाको मलद्वारमा २ किलो ६ सय ८० ग्राम सुन भेटियो । दुवैको मलद्वारबाट बरामद भएको सुनको बजार मूल्य करिब १ करोड २० लाख रुपैयाँ भन्दामाथि छ ।
त्यति मात्रै होइन, साउन २ मा आधा किलो सुनसहित ३ जना भारतीय नागरिक पक्राउ परे । पक्राउ परेका भारतीय नागरिकको जिब्रो मुनिबाट आधा किलो सुन भेटिएको थियो ।
भारतीय नागरिक फैजन खान, अदिल र सायद मोहम्मद खासिफले ५ सय ५९ ग्राम सुन जिब्रो मुनि लुकाएर ल्याएका थिए । सोमबार मात्र तीन केजी सुनसहित प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको थियो । सुटकेशको पांग्रा नै सुनको बनाएर तस्करी गर्न खोज्ने भारतीयहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस