रित्तो हात फर्कियो विप्लव समात्न जंगल पसेको प्रहरी

Biplab chanda

प्युठान । शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन् । तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ ।

प्रहरीले विप्लवलाई समात्ने उदेश्यले बुधबार दिनदेखि जंगल आसपासमा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो । तर, बिप्लव मंगलबार नै शितखोलाबाट बाहिरिएका थिए ।

प्युठानको सरुमारानी क्षेत्र र अर्घाखाँचीको शितगंगा नगरपालिका वन क्षेत्रमा विप्लवको विषेश बैठक हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । विप्लवलाई समात्न भनेर प्रदेश ५ का चार जिल्लाका प्रहरी साँझबाटै पच्छाएको थियो । तर, विप्लवलाई समात्न प्रहरी असफल भएको छ ।

अन्नतः विप्लवले सोही जंगलमा विषेश बैठक गरेर फर्किए । तर, प्रहरी भने बुधबार दिउँसो २ बजेतिर रित्तो हात फर्किएको छ ।

अर्घाखाँचीको दुर्गम एउटा गाउँ पहाडी भुभाग, घना जंगल, खोला छ, समथर परेको जमिन पनि छ । पातलो बस्ती, सुरक्षा निकायको पहुँचभन्दा टाढा छ यो ठाउँ । यही ठाउँमा विप्लवको बैठक बसेको स्रोतको भनाई छ ।

कसरी गयो प्रहरी ?
प्रहरीले केही दिनयता विप्लवको बैठक छ भन्ने सुनेर आफ्नो सक्रियता बढाएको थियो । विप्लवलाई घेराबन्दीमा पार्नका लागि भनेर प्रहरीले सञ्चारको उपयोग गरेको थियो ।

सुरुमा प्युठानको सरुमारानी २ दर्भानस्थित नेपाल टेलिकमको टावरमा विप्लवका नेताको फोन सम्पर्क भएको कनेक्ट भयो । त्यसपछि सरुमारानी ३ हंसपुरको एनसियल टावरसँग कनेक्ट भयो । त्यसपछि भने प्रहरीले लोकेसन नै भेटाउन सकेको थिएन ।

तर, लामो समयपछि फेरि प्रहरीले पुनः त्यो टावरमा कनेक्ट भएको पाएको थियो ।

प्रहरीले अहिले एनसेल टावरको लोकेसनका आधारमा सो क्षेत्रमा निगरानी बढाएको थियो । केही दिनयता सो क्षेत्रमा माओवादी कार्यकर्ताहरुको पनि उपस्थिती देखिन थालेको थियो ।

नयाँ मान्छे देखिए : स्थानीय
शितखोला घना जंगलको बीचमा छ यो ठाउँ । सो ठाउँमा केही दिनयता १२/१५ जना अपरिचित मानिसको आवात जावत बढेको थियो । ‘उनीहरु १२/१५ जनाको संख्यामा थिए होला’ स्थानीय भन्छन्, ‘हामीले उनीहरु कसैलाई पनि चिन्न सकेनौं र उनीहरु हाम्रा अगाडी पनि आउन चाहेनन् ।’

त्यसरी अपरिचित मान्छे आएको थाहा पाएपछि सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानीयको भनाई छ ।

कपिलवस्तु, दाङ, प्युठान र अर्घाखाँचीका सीमानामा प्रहरी परिचालन भएका थिए । स्थानीयका अनुसार सो क्षेत्रमा झण्डै ४०/५० जनाको संख्यामा प्रहरी देखिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...